काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा आज उल्लेखनीय सुधार देखिएको छ । कारोबार सुरु भएको केही मिनेटमै बजार ४ प्रतिशतले अर्थात् १०२ अंकले उकालो लागेपछि पहिलो सर्किट ब्रेक लाग्यो । सर्किट ब्रेकपछि २० मिनेटका लागि स्थगित गरिएको बजार पुनः खुलेपछि स्थिति सम्हालिएको छ ।
११:३० बजेसम्म नेप्से ५० अंकले उकालो लागेर २६०९ अंकमा पुगेको छ । यस अवधिमा कूल कारोबार रकम १ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा तोकिएको २५ करोडको सीमा हटाउने निर्णय गर्दै बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा थप सहजता दिएको थियो ।




















प्रतिक्रिया