Logo

अर्थ

दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा



काठमाडाैं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित १०.१० तिहार महोत्सवको घोषणा गरेको छ । पहिलोपटक यो सेल असोज २३ गते (अक्टोबर ९) राति ८ बजेबाट सुरु भई असोज ३० (अक्टोबर १६) गतेसम्म चल्नेछ ।

महोत्सव अन्तर्गत उपभोक्ताहरूले ७० प्रतिशतसम्म छुट, निशुल्क होम डेलिभरी र १ लाखभन्दा बढीको खरिदमा १० हजार रुपैयाँसम्मको फ्ल्याट भौचर प्राप्त गर्न सक्नेछन् ।

साथै, दैनिक फ्ल्यास सेल, विशेष अफर र आकर्षक मूल्यका उत्पादनहरू उपलब्ध हुने दराजले जनाएको छ ।

यस वर्षको महोत्सवलाई थप आकर्षक बनाउन प्ल्याटिनम पार्टनर ब्रान्डहरू सिताफिल र रोह्टोले ४० प्रतिशतसम्म छुट दिनेछन् भने गोल्ड पार्टनरहरू एइबिबी, ब्राण्डहाउस र मारिकोले ६० प्रतिशतसम्म बचत उपलब्ध गराउनेछन् ।

दराजमलमार्फत उपभोक्ताले सय प्रतिशत असली उत्पादनको ग्यारेन्टी पाउनेछन् । यदि कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले तीन गुणा क्यास ब्याक दिने व्यवस्था मिलाएको छ। यसमार्फत सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्रान्डका उत्पादनहरूमा छुट पाउने दराजले जनाएको छ ।

तिहारलाई नयाँ लुगा र शैलीको पर्वका रूपमा मनाइने भएकाले महोत्सव अवधिमा बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के, नाइक लगायतका फेसन ब्रान्डहरूमा ५० प्रतिशत वा सोभन्दा बढी छुट उपलब्ध गराइनेछ ।

त्यसैगरी, उपभोक्ताले न्यूनतम ४ सय ९९ रूपैयाँको खरिद गर्दा छनोट गरिएका उत्पादनमा निशुल्क डेलिभरी सुविधा पाउनेछन् । यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमार्फत भौचर संकलन गर्नुपर्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १२:५९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।