Logo

अर्थ

काँक्रो, घिरौंलो र हरियो फर्सीमा भेटियो अत्यधिक विषादी



काठमाडाैं । बिहीबार काँक्रो, घिरौंलो र हरियो फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकअनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा काँक्रो, घिरौंलो र हरियो फर्सीमा विषादी विषादीको मात्रा अत्यधिक भेटिएको हो।

नमूना परीक्षण गर्दा धादिङका एक किसानको बारीबाट ल्याएको घिरौंलो, काठमाडौंका एक किसानको बारीबाट ल्याइएको काँक्रो र मकवानपुरका एक किसानको बारीबाट ल्याइएको हरियो फर्सीमा विषादीको मात्रा (रोकावट प्रतिशत) क्रमशः ६५.०३, ५२.९२ र ४५.५९ प्रतिशत भेटिएको छ।

जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १३:१९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।