काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेटपछि खुलेको बजार हरियाली भएर बन्द भएको हो ।
नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२ को विन्दुमा कायम भएको छ ।
आज २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै शिवमे सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया