Logo

अर्थ

क्यासिनोले विदेशी मुद्रा कारोबार गर्न अब राष्ट्र बैंकबाट इजाजत पत्र लिनुपर्ने



काठमाडौं । क्यासिनोले अब विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको हो । यसको अर्थ क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न केन्द्रीय बैंकसँग इजाजत लिनुपर्नेछ ।

विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम केन्द्रीय बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १३:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।