Logo

अर्थ

नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, सेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँबराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७.८९ प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १६:२१   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।