Logo

प्रमुख समाचार

देउवा विरोधीहरु सखाप हुँदै



काठमाडौं । समयको दबाब र जेनजी आन्दोलनको दबाबले समय बाँकी छँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई पद त्याग्न दबाब दिँदै आएका महामन्त्री गगन थापाको समूह कमजोर हुने अवस्थामा पुगेको छ ।

विधानतः कांग्रेसको १५ औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्छ । तर, निर्वाचन ऐन र पार्टीको विधानको व्यवस्थाले ६-६ महिना समय थप गर्न सक्ने प्रावधानको ख्यालै नगरी विशेष महाधिवेशन गर्न हस्ताक्षर संकलन गरेको समूह आफै थलापर्न थालेको छ ।

जेनजी आक्रमणमा परेका देउवाको अवस्था अस्पतालमा कस्तो छ, त्यतातिर ध्यान दिनुको सट्टा नेतृत्व हत्याउन अत्तालिएका महामन्त्री थापाको चलखेल एकाएक बन्द हुने अवस्थामा पुगेको छ । क्रियाशील सदस्यता वितरण र स्वीकृतिको स्थिति सुनसान छ । देउवाको आशिवार्द लिन खोज्ने तर शारीरिक रुपमा कमजोर भएकै बेला विशेष महाधिवेशन आवश्यक देख्नेहरुको गतिविधिले कांग्रेस द्वन्द्वमा फसेको छ । यो पार्टीको आन्तरिक सुदृढीकरण अहिलेसम्म छैन ।

डा. शेखर कोइराला जिल्ला दौडमा बारम्बार जान्छन् तर कतै नयाँ सदस्य थपेको पाइँदैन । तीनै नेतृत्वसँग असन्तु पुराना कार्यकर्ता भेटेर फर्किने गरेका छन् । उता, सभापति देउवाकै सहारा लिने कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठदेखि वीपीपुत्र डा. शशांक कोइरालासम्मले गगन थापा र डा. शेखर कोइरालाको विभाजनबाट सस्थापन पक्षको मत फेरबदल नहुने आँकलन गरेका छन् । अहिले ३ वर्ष अगाडि सम्पन्न चुनावको अराजकतामाथि प्रहार भएको छ ।

डा. शेखर समूहले त्यो कारबाही स्वीकारेको छैन । पार्टीको विपक्षी टीमको असहयोगले कोइराला परिवारको चाकडीबाट कांग्रेसमा अवसर पाएका आनन्द ढुंगानाको समेत शिर निहुरिएको छ ।

कांग्रेसभित्र एमालेको नेतृत्वमा सरकारमा जान संस्थापन पक्षले गरेको निर्णयमा व्यक्ति र समूहले मन्त्री भागवण्डा गर्नु नै पार्टी एकपछि अर्को द्वन्द्वमा फस्नु हो । पार्टीभित्र आन्तरिक एकता छैन । देशका पुराना र ठूला पार्टीको घमण्ड चकनाचुर भएको छ । शेरबहादुर देउवाको छैठौं पटक प्रधानमन्त्री बन्ने सपना जीवनभरका लागि तुहिएको छ ।

देउवालाई पत्नी डा. आरजु देउवा राणाको व्यवस्थापन भए पुगेको छ । अन्य त्यागी नेता, कार्यकर्ता देउवालाई आवश्यक छैन ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार ०८:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।