काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ बढेको छ ।
आज सुनकाे मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




















प्रतिक्रिया