Logo

अर्थ

तोलामा ३ हजार बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ बढेको छ ।

आज सुनकाे मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ११:३९   :  बजे

426
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।