Logo

अर्थ

सेयर बजारमा भारी गिरावट, ६ अर्ब ७० करोडको कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३ को विन्दूमा कायम भएको छ ।

आज ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको सेयर घटेको छ ।

आज ६ अर्ब ७० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यूनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १५:१७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।