काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३ को विन्दूमा कायम भएको छ ।
आज ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको सेयर घटेको छ ।
आज ६ अर्ब ७० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यूनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया