Logo

अर्थ

वायुसेवा निगमका घोटालाको छानबिन गर्न जेनजीको माग



काठमाडाैं । जेनजी नेपालले नेपाल वायुसेवा निगममा भएको घोटालाकाे छानबिन गर्न माग गरेको छ । जेनजी समूहले आइतबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर उक्त माग गरेको हो।

जेनजी समुहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले वाइडबडी र लाउडा एयर घोटालाको छानबिनन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताए ।

अदालतबाट दोषी ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत छ । साथै करार कर्मचारीहरू संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिए ।

निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेनजी समूहको माग छ। आफूहरुको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १६:४४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।