काठमाडाैं । सुनको मूल्य फेरि ऐतिहासिक उचाईमा पुगेको छ । सोमबारको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आइतबार सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया