Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ४० हजारमाथि



काठमाडाैं । सुनको मूल्य फेरि ऐतिहासिक उचाईमा पुगेको छ । सोमबारको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आइतबार सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ११:५६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।