Logo

अर्थ

वित्तीय ठगीबाट जोगिन सुरक्षा र सजगता अपनाउन राष्ट्र बैंकको सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट जोगिन सुरक्षा र सजगता अपनाउन सुझाव दिएको छ ।

वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो । ‘वित्तीय कारोबार गर्दा सुरक्षा र सजगता अपनाऔँ र विभिन्न प्रकारका वित्तीय ठगीबाट बचौँ’, सूचनामा भनिएको छ ।

अपरिचत व्यक्ति वा नम्बरबाट ह्वाट्सएसप, भाइबर, म्यासेन्जजस्ता मोबाइल एप, ई–मेल, फोन वा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धनसम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानामा सन्देश पठाएर वित्तीय ठगीका घटना हुने गरेको राष्ट्र बैंकले जनाएको छ । ‘यदि यस्तो छ भने सजग हुनुपर्छ’, सूचनामा भनिएको छ, ‘यस्ता सन्देश ठगीका लागि पठाइएको हुन सक्छ ।’

त्यस्ता सन्देशमार्फत वित्तीय ठगी र अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव राख्दै व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्ने राष्ट्र बैंकले सचेत गराएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १४:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।