Logo

अर्थ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनकाे मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । आज सुन तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घट्दै ३ हजार २४० मा झरेको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ११:२३   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।