काठमाडौं । लिपमोटर बी१० इलेक्ट्रिक गाडीले नेपालको सडकमा उत्कृष्ट प्रदर्शन गर्दै एकै चार्जमा काठमाडौं–पोखरा–काठमाडौंको यात्रा सम्पन्न गरेको छ। नेपालको लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्म ‘कारहरू’ ले गरेको स्वतन्त्र रेञ्ज परीक्षणमा करिब ४५० किलोमिटरको यात्रा एकै दिनमा पूरा गरिएको हो।
परीक्षण टोलीले काठमाडौंस्थित लिपमोटर शोरुम, उत्तरढोकाबाट यात्रा सुरु गरी पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने सबै दूरीमा लिपमोटर बी१० को वास्तविक कार्यक्षमताको जाँच गरेको थियो।
उक्त परीक्षणले लिपमोटर बी१० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालको जटिल तथा विविध सडक अवस्थाहरूमा पनि भरपर्दो प्रदर्शन गर्ने क्षमतालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ। लिपमोटरले यो उपलब्धीसँगै दीर्घ-दूरीको यात्रामा व्यावहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने आफ्नो प्रतिबद्धतालाई झल्काएको बताएको छ।




















प्रतिक्रिया