Logo

अर्थ

‘भोटेकोशीको सेयर जेनजीलाई निःशुल्क दिने सहमति भएको छैन’



काठमाडौं । भोटेकोसी पावर कम्पनी प्रालिले जेनजीलाई निःशुल्क सेयर दिने सहमति नभएको स्पष्ट पारेको छ । कम्पनीले सिन्धुपाल्चोकका स्थानीयको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग निःशुल्क सेयर वितरण गर्ने कुनै प्रकारको सहमति नभएको स्पष्ट पारेको हो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै सो कम्पनीले भनेको छ– ‘भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच निःशुल्क सेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’

कम्पनीका अनुसार, जेनजी पब्लिक इन्भेस्टमेन्टले भोटेकोसी पावर कम्पनीका १० प्रतिशत सेयर खरिदका लागि आवेदन दिने तयारी गर्दै छ । जसअन्तर्गत जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उक्त पब्लिक कम्पनीको सेयर धनी बनाइनेछ ।

कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० का दरले १० प्रतिशत सेयर त्यस कम्पनीलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले भनेको छ, ‘यसरी सेयर खरिद गर्ने व्यवस्था निःशुल्क सेयर वितरण होइन । त्यसैले यस विषयमा भ्रममा नपर्न अनुरोध गर्छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १३:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।