काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को विन्दुमा कायम भएको छ ।
आज ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समाज लघुवित्त र विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया