Logo

अर्थ

क्लासिक टेकमा इन्जिनियरसहित २ सय जनालाई रोजगारी अवसर खुल्यो



काठमाडौं । देशभर सेवा विस्तार गर्दै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रोजगारी अवसर खुला गरेको छ । कम्पनीले हालै फिल्ड इन्जिनियर लगायत विभिन्न पदका लागि २०० जना भन्दा बढी कर्मचारीको आवेदन आह्वान गरेको जनाएको छ ।

कम्पनीकाअनुसार सेवा विस्तार र ग्राहक सेवा अझ प्रभावकारी बनाउनका लागि योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरिएको हो । इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट, नजिकको शाखा कार्यालय वा career@classic.com.np मार्फत आफ्नो CV पठाई आवेदन गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १६:१२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।