Logo

अर्थ

साढे २ लाख नाघ्यो सुन, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौं । सुनको मूल्य साढे २ लाख नाघेको छ । आज सुन तोलामा २ हजार रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १०:५५   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।