Logo

अर्थ

मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा



काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंकको २६४औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश(कर समेत) घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी २०औं वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार ११:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।