Logo

अर्थ

अकबरे खुर्सानीमा फेरि भेटियो विषादी



काठमाडौं । कालीमाटी तरकारी बजारमा बिहीबार भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा अर्गानोफस्फेट विषादी भेटिएको छ। मकवानपुरका दुई किसानबाट ल्याइएको खुर्सानीमा क्रमशः ४९.०३२ प्रतिशत र ५१.४४६ प्रतिशत विषादी पाइएको हो ।

सरकारी मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी भएका तरकारी उपभोगका लागि अयोग्य मानिन्छ । यसअघि पनि मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी भेटिएको थियो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र केन्द्रीय कृषि प्रयोगशालाले परीक्षण गर्दा अन्य तरकारीहरूमा पनि यथेष्ठ मात्रामा विषादी भेटिएको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार ११:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।