Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३८३.६० रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४३५.५० रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा बैंकको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।

बैंकले गत आवका लागि १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १०:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।