Logo

अर्थ

हिमालयन डिष्टिलरी लाभांश घोषणा



काठमाडाैं । हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमध्ये २० प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५औं वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ११:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।