काठमाडौं । थाइ एयर एसियाले आजदेखि बैंकक–भैरहवा नियमित उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार यो वर्षको विन्टर सिजन लागेसँगै भैरहवाबाट सुरु भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो ।
एयर एसियाले १८० सिट क्षमताको एयरबस ए३२० न्यारोबडी विमानबाट सातामा दुई उडान सञ्चालन गर्नेछ । वायुसेवाले हरेक आइतबार र बुधबार उडान गर्ने अनुमति पाएको छ ।
यसअघि केही समय सेवा रोकेको थाइ एयर एसियाले पुनः उडान थालेको हो । भैरहवामा जजीरा एयरलाइन्स र नेपाल वायुसेवा निगमले पनि विन्टर सिजनमा उडान पुनः सुरु गर्ने तयारी गरेका छन् ।
सरकारले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान प्रवर्द्धनका लागि २५ प्रतिशत ग्राउण्ड ह्यान्डलिङ शुल्कबाहेक अन्य शुल्क निःशुल्क गरेको छ ।




















प्रतिक्रिया