काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालु आवको साउनदेखि असोजसम्म ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको २६.०४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।
भन्सार विभागकाअनुसार चालू आवको तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १९.७९ प्रतिशत बढी हो । सो अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।




















प्रतिक्रिया