नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद नयाँ होइन । लोडसेडिङ पूर्वको अवस्थादेखि कायम यो विवाद कहिले उत्कर्षमा पुग्ने र कहिले सुस्ताउँदै आएको छ
तर गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको निर्णयका कारण यो विवाद फेरि सतहमा आएको छ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङ ऊर्जा, भौतिक र सहरी विकाससहित तीन वटा मन्त्रालयको जिम्मेवारीमा पुगेसँगै यो विवादले नयाँ रुप लिएको हो ।
गत भदौ २९ गते ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै घिसिङले डेडिकेटेड फिडर र ट्रंकलाइन बापतको बक्यौता महसुल उठाउने पहिलो निर्णय गरे ।
त्यही निर्णय कार्यान्वयन गर्नेगरी प्राधिकरणको नेतृत्व परिवर्तनदेखि पुराना निर्णय खारेजी गर्दै बक्यौता रहेका उद्योगको लाइन काट्ने काम भएको छ ।
प्राधिकरणका अनुसार शनिबार बिहानसम्म २४ वटा उद्योगको लाइन काटिएको छ । कतिसम्म भने देशभर लक्ष्मीपूजा चलिरहेकै बेला उद्योगहरूमा दिएको बिजुली सरकारले काटिदियो ।




















प्रतिक्रिया