Logo

अर्थ

सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने, वरिष्ठ अधिकारीलाई कार्यकारी दिने तयारी



सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त नगर्ने भएको छ। निगमको वरिष्ठ अधिकारीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने तयारी सरकारको छ।

‘निगमको कार्यकारी अध्यक्षमा नयाँ कोही नियुक्त हुँदैन। भएकामध्येकै वरिष्ठले जिम्मेवारी पाउँछन्’ प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले भने।

वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्री कार्कीले नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी लिएकी छन्। २०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषदले युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

उनको कार्यकाल सकिँदैछ। उनी कात्तिक ४ गतेदेखि नै विदामा बसिसकेका छन्। हाल निगममा दुई जना डेपुटी म्यानेजिङ डाइरेक्टर छन् प्राविधिक तर्फ डोलेश्वर कोइराला र प्रशासनतर्फ जनकराज कालाखेती।

अधिकारीले डोलेश्वर कोइरालालाई कामु कार्यकारी अध्यक्षको जिम्मेवारी दिएर बिदामा बसेका छन्। पदीय मर्यादा विपरीतका गतिविधि गरेको, मिलेमतोमा निगमका जहाजको इन्जिन मर्मतका लागि ठेक्का दिएको र करोडौं रुपैयाँ नोक्सान पुर्याएको भन्दै अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार २३:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।