Logo

अर्थ

गरिमा विकास बैंकले कार्तिक १८ गते बुक क्लोज गर्ने



काठमाडाैं । गरिमा विकास बैंकले आगामी वार्षिक साधारणसभा र लाभांश वितरण गर्न कार्तिक १८ गते बुक क्लोज मिति ताेकेकाे छ । बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ३३५औं बैठकले उक्त मिति तय गरेको हो ।

बैंकका अनुसार कार्तिक १७ गतेसम्म नाम दर्ता भएका सेयरधनीहरू मात्र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन् । आर्थिक वर्ष २०८०/८१ का लागि बैंकले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांशमा ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन् । प्रस्तावित लाभांश र अन्य एजेन्डा अनुमोदनका लागि बैंकले कार्तिक २७ गते पोखरामा वार्षिक साधारणसभा (एजिएम) आह्वान गरेको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १३:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।