काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने बढेको छ । प्रतितोला ४५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन २९२० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९६५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया