Logo

अर्थ

श्रीनगर एग्रिटेकको आईपीओ बाँडफाँट



काठमाडौं । श्रीनगर एग्रिटेक कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक औपचारिक कार्यक्रममार्फत् बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि असोज २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन माग गरेको थियो ।

कम्पनीले आम सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्कासन गरेको हो । सोही सेयर आज समानुपातिक रुपमा बाँडफाँट भएको छ । आईपीओमा १८ लाख ९८ हजार बढीले आवेदन दिएकामा १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको थियो ।

स्वीकृत आवेदनमध्ये २ लाख ५१ हजार ४९ जनाले सेयर पाएका छन् । यीमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले पाएका हुन् । यसको नतिजा केही बेरपछि आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ११:५२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।