Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ५ अर्ब ४५ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २५६६ को विन्दुमा कायम भएको छ ।

आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ४५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ज्योति विकास बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १५:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।