Logo

अर्थ

आयाेन भीले पायाे ५-स्टार सेफ्टी रेटिङ



काठमाडौं । विश्वभर आफ्नो अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनका कारण परिचित इलेक्ट्रिक भेहिकल (EV) ब्रान्ड आयाेनले फेरि एकपटक उत्कृष्टता प्रदर्शन गरेको छ । कम्पनीको प्रिमियम एसयूभी आयाेन भीले हालै सम्पन्न २०२५ यूरो NCAP सेफ्टी टेस्टमा ५-स्टार रेटिङ हासिल गरेको छ । यो मूल्यांकन विश्वका सबैभन्दा प्रतिष्ठित सुरक्षा मापदण्डहरूमध्ये एक हो ।

नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेताको रुपमा नेपाली ग्राहकहरूलाई आयाेन भी र आयाेन वाइ जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ ।

भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै आयाेन भी सुरक्षामा पनि उत्कृष्ट छ ।

आयाेन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ ।

विस्तारित शोरूम, सर्भिस सेन्टर, र ग्राहक सेवा सुविधाहरूका साथ आयाेन र सीजी मोटर्स नेपाललाई एक स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्यतर्फ अघि बढाउन मद्दत गर्न प्रतिबद्ध छन् ।

 

 

 

 

 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १७:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।