काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि मुलुकको पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डका सबै काम ठप्प छन् । ३८ दिनदेखि बोर्डका कर्मचारी आन्दोलनमा रहँदै काम ठप्प पारेका हुन् ।
असोज ७ गतेदेखि बोर्डका सबै काम ठप्प हुँदा पनि सरकारले समस्या समाधानमा कुनै पहल गरेको छैन । बोर्डमा अहिले हकप्रद सेयर, आईपीओ आवेदन, बोनस सेयर दर्तासहितका काम ठप्प छन्, बोर्डमा कहिलेबाट नियमित कार्य सुरु हुने हो, अनिश्चित छ ।
अर्थ मन्त्रालयले असोज २ गते गरेका तीन निर्णयको विरोधमा कर्मचारी आन्दोलनमा छन् । मन्त्रालयको निर्णयमा कर्मचारी कोष खारेज गर्ने, विगतमा भुक्तानी भएको रकम असुल गर्ने प्रक्रिया सुरु गर्ने र कुनै आर्थिक निर्णय पूर्वअनुमति लिनुपर्ने व्यवस्था रहेका छन्।
कोष खारेज भएपछि उनीहरूको वार्षिक सुविधा कटौती हुने र बोर्डको स्वायत्तता समेत घट्ने भएकाले आन्दोलन अपरिहार्य भएको बोर्ड कर्मचारी युनियनले जनाएको छ ।




















प्रतिक्रिया