Logo

अर्थ

हिमालयन बैंकको मोबाइल बैंकिङ सेवा आज साँझदेखि पुनः सञ्चालनमा आउने



काठमाडाैं । कात्तिक तीन गतेदेखि बन्द रहेको हिमालयन बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा आज (बिहीबार) साँझबाट सञ्चालनमा आउने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाकाअनुसार नयाँ सफ्टवेयर प्रणालीमा रूपान्तरणको कार्य सम्पन्न भएसँगै आज साँझदेखि ग्राहकहरूले मोबाइल र इन्टरनेट बैंकिङका सेवा पुनः प्रयोग गर्न सक्नेछन् ।

बैंकले दैनिक काममा प्रयोग हुने मुख्य सफ्टवेयर परिर्वतन गरिरहेको हो ।  यसअघि बैंकले १० गतेसम्म विभिन्न सेवा बन्द हुने भएपनि एटिएम, पस मेसिन, क्युआर मार्फत् भुक्तानी, इकर्मश सेवा चल्ने उल्लेख गरेको थियो ।

मुख्य सफ्टवेयर परिर्वतन गरिएपछि बैंकको विद्युतीय भुक्तानी माध्यमदेखि अन्य काम कारबाही अहिलेभन्दा द्रुत स्तरमा हुने समेत बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १५:२७   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।