Logo

अर्थ

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर बैंकले यसअघि गत भदौ २ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन नपरेकाले बैंकले अन्य व्यक्ति,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको जनाएको छ ।

संस्थापक सेयर खरिद गर्न योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालमा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १०:२२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।