Logo

अर्थ

शनिबार अपराह्नसम्म एनएमबी बैंकको कार्ड सेवा अवरुद्ध हुने



काठमाडौं । एनएमबी बैंकको कार्ड सेवा अवरुद्ध हुने भएको छ । बैंकले आफ्नो कार्ड स्विच पूर्वाधार अपडेट गर्न शुक्रबार राति ८ बजेदेखि शनिबार दिउँसो ४ बजेसम्म अस्थायी रुपमा कार्ड सेवा अवरुद्ध गर्न लागेको जानकारी दिएको छ ।

यसबाट बैंकको भिसा कार्ड, एटीएम, पीओएस र ईकमर्स सेवा अवरुद्ध हुनेछ । यस अवधिमा बैंकको कार्डमार्फत हुने ट्रान्ज्याक्सन पूर्ण रुपमा निष्क्रिय हुने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १६:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।