Logo

अर्थ

अर्थमन्त्री खनालको उपथितिमा डिजिटल माध्यमबाट सुरु, मूल्यसूची व्यवस्थापनमा सहज



आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएको मूल्यसूची व्यवस्थापनलाई सहज बनाउन वीरगञ्ज भन्सार कार्यालयले अनलाइन भन्सार डाटावेग प्रणाली (Customs Valuation Database System) २०८२ कार्तिक १५ गतेदेखि सञ्चालनमा ल्याएको छ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले डिजिटल माध्यमबाट सुरु गरिएको प्रणालीले अर्थतन्त्रमा निजी क्षेत्रको सुरक्षा र सुशासन सुनिश्चित गर्ने महत्वपूर्ण भूमिका रहने बताए। उनले व्यवसाय संचालनमा सरकारले गरेको प्रतिबद्धता कार्यान्वयनमा सहयोग पुग्ने उल्लेख गरे।

भन्सार विभागले यस प्रणालीमार्फत अन्तर्राष्ट्रिय व्यापारमा विश्व व्यापार संगठन (WTO) को भ्यालुएसन (GATT Valuation) प्रणालीअनुसार मूल्याङ्कन गर्न सकिने व्यवस्था गरेको छ। यसले वैध व्यापारीलाई प्रोत्साहित गर्नुका साथै मूल्यभित्रौती कर र अन्य कर कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

शुभारम्भ कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, राजस्व अनुसन्धान विभागका महानिर्देशक तिर्थ चिलुवाल, वीरगञ्ज भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवाली, एसियाली विकास बैंकका भन्सार मूल्याङ्कन विशेषज्ञ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायत अन्य सहभागीहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

भन्सार विभागले नयाँ प्रणालीबाट विदेशी व्यापार, मूल्याङ्कन प्रक्रिया, कर लगानी, र वैध व्यापार प्रवाहलाई सहज बनाउन तथा अनौपचारिक कारोबारमा कमी ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार २२:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।