Logo

अर्थ

भ्रामक सूचनाबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो नाममा सामाजिक सञ्जाल र विभिन्न वेबसाइटहरूमा फैलाइएका भ्रामक सूचना फैलाएर ठगी गर्ने प्रयास भइरहेको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै अनलाइनमार्फत भईरहेको ठगीबाट बच्न सचेत गराएको हो ।

हाल “सर्भे फारम भरेर १० हजार रुपैयाँ बोनस प्राप्त गर्नुहोस्” भन्ने गलत सूचना भाइरल भइरहेका छन् । बैंकले यस्ता कुनै योजना सञ्चालन नगरेको स्पष्ट गर्दै ती भ्रमपूर्ण प्रचारमा नपर्न आग्रह गरेको छ।

बैंकले आधिकारिक जानकारीका लागि मात्र आफ्नो वेबसाइट www.everestbankltd.com प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ११:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।