Logo

अर्थ

दाङमा सिमेन्ट उद्योगका मजदुरद्वारा विद्युत प्राधिकरणमा धर्ना



दाङ । घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरूले दाङको घोराहीस्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि धर्ना दिएका छन् ।

‘रोजी रोटी खोस्न पाइँदैन’, ‘श्रम गरी खान दे’ जस्ता नारासहित मजदुरहरूले विरोध प्रदर्शन गरेका हुन् ।

बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले दुवै उद्योगको विद्युत् लाइन काटेपछि मजदुरहरूले विरोध जनाएका हुन् । उद्योग सञ्चालकहरूले भने बक्यौताको प्रमाण माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १४:४७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।