काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को विन्दुमा कायम भएको छ ।
आज २०५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब २० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंक प्रोमोटर सेयर कारोबार भएको छ । यस बैंकको १ अर्ब ६६ करोडको संस्थापक सेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको ३४ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । सबैभन्दा धेरै सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया