Logo

अर्थ

७ वर्षपछि सर्वोच्चको परमादेशमा किष्ट बैंकका तत्कालीन सिईओ ज्ञवाली थुनामुक्त



काठमाडौं । करिब ७ वर्षको कैद सजाय भोगेका तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल ज्ञवाली थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले ज्ञवालीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

न्यायाधीशहरू हरि फुयाँल र अब्दुलअजिज मुसलमानको इजलासले ज्ञवालीलाई कैदमुक्त गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनले २०७३ सालमा जम्को प्रकाशन प्रालिका नाममा कर्जा दुरुपयोग गरेको बैंकिङ कसुरमा ज्ञवालीसहित उनकी पत्नी गौरी खनाल (ज्ञवाली) र अन्यलाई कैद तथा जरिवाना सजाय सुनाएको थियो । ज्ञवालीले कैद पूरा गरे पनि जरिवाना रकम नबुझाउँदा जेल बसाइ लम्बिएको थियो ।

कर्जा दुरुपयोगमार्फत किष्ट र सिद्धार्थ विकास बैंकबाट करिब २५ करोड रुपैयाँसम्मको रकम अनियमित रूपमा प्रवाह भएको प्रमाणित भएपछि उनीहरूलाई कारवाही गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १५:१३   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।