Logo

अर्थ

एसवाई प्यानलको आईपीओ खुल्यो



काठमाडौं । सर्वसाधारणका लागि एसवाई प्यानलको आईपीओ बुधबारदेखि खुलेको छ ।

यसअघि वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भएसकेपछि सर्वसाधारणका लागि निष्कासन खुला भएको हो ।

न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । कात्तिक २३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १०:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।