काठमाडौं । जेनजी आन्दोलनपछि अवरुद्ध भएको लाइसेन्स सम्बन्धी सेवाहरू आंशिक रुपमा सुरु भएका छन् । यसै क्रममा नागरिक एपमा समेत ड्राइभिङ लाइसेन्स देखिन थालेको छ ।
आन्दोलनपछि नागरिक एपमा समेत लाइसेन्स देखिएको थिएन ।
यातायात व्यवस्था विभागकाअनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारू भएको विभागले जनाएको छ ।




















प्रतिक्रिया