काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडविरुद्द पचास हजारभन्दा बढी उजुरी तथा गुनासो दर्ता भएका छन् । आर्थिक बर्ष २०८०/८१ मा बैंकको केन्द्रिय कार्यालयदेखि देशका विभिन्न शाखाबाट भएका गलत कामकारबाहीका विरूद्ध ग्राहक तथा आमसर्वसाधारणले ५२ हजार ५ सय ६४ वटा उजुरी दर्ता गरेका हुन् ।
बैंकविरूद्धका उजुरीमा कर्जासँग सम्बन्धित मात्रै ७ सय ९८ वटा उजुरी दर्ता भएका छन् । त्यस्तै, विधुतीय सेवासँग सम्बन्धित ३५ हजार ८ सय ३२ वटा, सेवा शुल्कसँग सम्बन्धित ४ सय ६२ वटा, नियमविपरित कर्जा प्रवाह, जबर्जस्ती धितो लिलाम, ब्याजमा मनपरी, कर्मचारीको मिलेमतोमा भएको आर्थिक अनियमितता लगायतका सम्बन्धमा १५ हजार ४ सय ७२ वटा उजुरी दर्ता भएका छन् ।
बैंकले कारोबारभन्दा ग्राहकसँगको सम्बन्धलाई प्राथमिकतामा राखिएको दावी गर्दै आएको भएपनि बैंकविरूद्ध एक आर्थिक बर्षमा मात्रै यति ठूलो संख्यामा उजुरी तथा गुनासो दर्ता हुनुलाई सामन्य रुपमा लिन नसकिने र यसबाट बैंकको सँस्थागत सुशाशन एवं व्यवस्थापन तथा नियामकीय निर्देशनविपरितका काम कारबाही चरम रुपमा हुँदै आएका नियम उलंघनका बिषयलाई राष्ट्र बैंकले नियमित सुपरिवेक्षण प्रतिवेदनमै औल्याएको छ ।
पछिल्लो समय बैंक वित्तीय संकटमा छ । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अजय शाहको खराव प्रदर्शन तथा फितलो व्यवस्थापनका कारण बैंक संकटमा पुगेको बताइन्छ । बैंक खराब कर्जाको दलदलमा छ त्यसमाथि मर्जरपछि बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरु बिचको किचलोका कारण बैंकप्रति ग्राहक तथा लगानीकर्ता थप सशंकित बन्न थालेका छन् ।




















प्रतिक्रिया