काठमाडौं । कास्कीको पोखरामा रहेको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा सहकारीका अध्यक्ष र प्रबन्धकसहित ७ जना पक्राउ परेका छन् ।
गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालयले गरेको अध्ययनको आधारमा सहकारीको करिब ८८ करोड ७० लाख रुपैयाँ रकम अपचलन भएको भन्दै अनुसन्धानका लागि गएको जेठमै प्रहरीमा पत्राचार गरिएको थियो ।
बुधबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङसहित सहकारीका सञ्चालक समिति र पूर्व पदाधिकारीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जनाएको छ । सहकारीको रकम व्यवस्थापक, कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा हिनामिनामा परेको सहकारी रजिस्टारको कार्यालयले गरेको अध्ययनले देखाएको थियो ।
सहकारी बचत रकम अपचलनमा संलग्नहरुलाई आवश्यक पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको र जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




















प्रतिक्रिया