Logo

अर्थ

नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा २ अर्ब ५ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४ अर्ब १४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ५.७ प्रतिशतले घटेको छ ।

त्यस्तै लोन लस प्रोभिजन पहिले ४५ करोड ७७ लाख रुपैयाँ रहेकोमा अहिले ६४ करोड ७२ लाख रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी पहिले २९ रुपैयाँ ८३ पैसा रहेकोमा अहिले २५ रुपैयाँ ४९ पैसा छ ।

बैंकको कुल वितरणयोग्य नाफा असोज मसान्तसम्म वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ३०.१५ रुपैयाँ हो ।

 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १०:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।