Logo

अर्थ

१५ लाख तलबमै काम गर्न तयार भए सुजित, बाध्यता या एनआईसी एशियाको हेपाइ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडमा सिईओ सुजित कुमार शाक्यले आज पदबहाली गरेका छन् । शाक्यको पदबहालीपछि बैंकले आज नियामक निकाय नेपाल राष्ट्र बैंकलाई समेत पत्र पठाएर शाक्यलाई सिईओको पदबहाली भएको जानकारी गराएको हो ।

राष्ट्र बैंकका अनुसार शाक्य १५ लाख तलबमै काम गर्न तयार भएका छन् । यस अघिका सिईओ रोशन कुमार न्यौपानेले भने झन्डै ३० लाख रुपैयाँ तलबका काम गरेका थिए ।

नबिलका डेपुटी सिईओ रहेका शाक्यलाई बैंक संचालक समितिले निकाल्ने तयारी गरिरहेकै बेला शाक्यले एनआईसी एशियाका अध्यक्ष तुलसीराम अग्रवालका दाजु त्रिलोकचन्द्र अग्रवालको फेरो समातेर न्युनतम तलब सुबिधामै बोर्डको निर्देशनअनुसार काम गर्न तयार भएको बुझिएको छ ।

शाक्यलाई बैंकले ४ बर्षका लागि सिईओ नियुक्त गरेको छ । तर, राष्ट्र बैंकका एक अधिकारीका अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा पूरा कार्यकाल काम नगरी बोर्ड तथा व्यवस्थापनसँगको मनमुटावका कारण भिआरएस लिँदै निस्किँदै आएका शाक्य एनआईसी एशिया बैंकमा पनि पूरा कार्य काम गर्ने मनस्थितिमामा छैनन् ।

व्यवस्थापनमा खराब प्रदर्शनकै कारण देखाएर नबिलमा खाएको हेपाइ पछि ‘जसरी हुन्छ सिईओ बन्ने हो’ भन्नेमा रहेका शाक्य बैंकको वित्तीय अवस्था सुधार भन्दा पदकै लागि एनआईसी छिरेको बुझिएको छ ।

अत्यन्त कम तलबमै ‘डमी सिईओ’ बन्न प्रतिबद्धता जनाएपछि शाक्यको नियुक्ति र पदबाहालीले बोर्डका वित्तीय अपराध ढाकछोप गर्न केहि मद्दत पुग्ने देखिए पनि बैंक व्यवस्थापनका कर्मचारीसँगको पुरानो मनमुटावलाई शाक्यले प्राथमिकतामा राखेपछि कर्मचारी- कर्मचारीबीच किचलो सुरु भएको बैंक स्रोत बताउँछ । जसले बैंकको वित्तीय अवस्था झनै खस्किने कर्मचारीहरुको गुनासो छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १४:४३   :  बजे

393
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।