देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन इमास ले आज नारायणघाट, चितवनमा आफ्नो नयाँ ३एस शोरुम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ। यस उद्घाटनले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
भव्य उद्घाटन समारोहमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथि, सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे विशेष अतिथि र उद्योगपति तथा समाजसेवी बल गोपाल चुके सम्मानित अतिथिरहेका थिए । कार्यक्रममा विभिन्न गण्यमान्य व्यक्ति, सञ्चारकर्मी तथा प्रोटोन इमासका प्रतिनिधिहरूको उपस्थितिले वातावरणलाई उत्साहपूर्ण बनाएको थियो।
समारोहमा प्रोटोन ईमास ७ को विशेष प्रदर्शन र ग्राहकहरूसँगको अन्तरक्रियात्मक सत्र पनि आयोजना गरिएको थियो। कम्पनीका अनुसार, नयाँ शोरुमले एकै स्थानमा बिक्री, सर्भिस र वास्तविक स्पेयर पार्ट्स सहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्वको अनुभव उपलब्ध गराउनेछ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, “नारायणघाट शोरुम हाम्रो प्रयासको परिणाम हो, जसले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकको नजिक ल्याउँछ। चितवनको तीव्र विकसित शहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास हामीले लिएका छौं।”





















प्रतिक्रिया